You are viewing the translated version of निकासी, पैठारी वा ओसारपसार गर्दा पालना गर्नु पर्ने शर्त तथा मापदण्ड.

Section 12
निकासी, पैठारी वा ओसारपसार गर्दा पालना गर्नु पर्ने शर्त तथा मापदण्ड
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले तेजाब वा अन्य घातक रासायनिक पदार्थको निकासी, पैठारी वा ओसारपसार गर्दा देहायका शर्त तथा मापदण्डको पालना गर्नु वा गराउनु पर्नेछः-
(क) निकासी, पैठारी वा ओसारपसार गर्दा प्रयोग गरिने ढुवानीको साधनमा अनुमतिपत्रमा उल्लेख भए बमोजिमको सुरक्षा प्रबन्धको व्यवस्था हुनु पर्ने र चालक तथा सहचालकले सम्भावित जोखिम व्यवस्थापन सम्बन्धी तालिम प्राप्त गरेको हुनु पर्ने,
(ख) तेजाब वा अन्य घातक रासायनिक पदार्थ राख्ने भाँडो वा कन्टेनर आपसमा रासायनिक प्रतिक्रिया नगर्ने, सुरक्षित, नचुहिने तथा नफुट्ने हुनु पर्ने,
(ग) फरक फरक प्रकारका तेजाब वा अन्य घातक रासायनिक पदार्थ एउटै सवारी साधनमा राखी ढुवानी गर्न नहुने,
(घ) प्रयोग गरिने सवारी साधनमा खतरा जनाउने चिन्ह वा सङ्केत उल्लेख गर्नु पर्ने,
(ङ) तेजाब वा अन्य घातक रासायनिक पदार्थ ओसारपसार गर्दा मानव बस्तीमा कुनै पनि प्रकारको जोखिम नहुने गरी गर्नु पर्ने
(२) नियम ६ बमोजिम पूर्व स्वीकृति प्राप्त गरेको उद्योगले सो बमोजिम तेजाब वा अन्य घातक रासायनिक पदार्थ पैठारी गर्दा उपनियम (१) बमोजिमको शर्त तथा मापदण्डको पालना गर्नु पर्नेछ ।